२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको व्यास नगरपालिका वडा नम्वर ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले आफ्नै ४७ वर्षीया गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त घटना गएराति ११ बजेतिरको हो । श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस