२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोलभेँडाको मूल्य किलोमा १५० रुपैयाँ पुग्यो, अरु सबै तरकारीको मूल्य सूचीमा हेर्नुहोस्

काठमाडौं । बुधबार गोलभेँडाको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार गोलभेँडा ठूलो (नेपाली) को अधिकृत मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको हो ।

यस्तै गोलभेँडा सानो (नेपाली) को ६० तथा सानो (टनेल) को गोलभेँडाको मूल्य पनि प्रतिकिलो १०० रुपैयाँ पुगेको छ ।
भारतीय गोलभेँडा आउन छाडेसँगै नेपाली बजारमा मूल्य आकाशिन पुगेको बताइएको छ । करिब एक महिनाअघि गोलभेँडाको मूल्य १० रुपैयाँ प्रतिकिलो भएपछि व्यापारीले भ्याटको बहानामा फालेर विरोध समेत गरेका थिए ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस