२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआरएनए माल्टामा निवर्तमान अध्यक्ष अर्याल ‘म्यान अफ दि इलेक्सन’ घोषित

काठमाडौं । गैरआवासीय नेपाली संघ माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्याल म्यान अफ दि इलेक्सन अर्थात् सबैभन्दा बढी मत ल्याएर आइसीसी सदस्यमा निर्वाचित हुनुभएको छ । एनआरएनए माल्टाको निर्वाचनमा २९ सय ३४ मत खसेकोमा अर्यालले १८ सय ८६ मत पाउनुभयो । अर्यालसँगै आइसीसी सदस्यमा १६ सय ९३ मतसहित नविन गिरी र १४ सय १७ मतसहित गोविन्द खरेल पनि चुनिनुभयो । एनआरएनए माल्टाका निवर्चमान अध्यक्ष अर्यालको लोकप्रियता माल्टाको चुनावमा देखिएको छ । आइसीसी सदस्य निर्वाचित अर्यालले ल्याएको मत ६४ प्रतिशत बढी हो ।

यसैबीच नवनिर्वाचित अध्यक्ष रेशमलाल खनाल रेम्ससहितको टिमलाई अध्यक्ष अर्यालले बधाई दिँदै आगामी दिनमा माल्टाबासी नेपालीको हकाधिकारका लागि सबै मिलेर काम गर्ने प्रतिवद्वता जनाउनुभयो । निवर्तमान अध्यक्ष एवं आइसीसी सदस्य अर्यालले सबैको साझा एनआरएनए निर्माण अभियानमा लाग्न आग्रह समेत गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत् अर्यालले आगामी कार्यकालका लागि चुनिएका पदाधिकारीलाई संस्थाको मर्म र भावना अनुसारको काममा लाग्न आग्रह गर्दै आवश्यक साथ र सहयोग रहने बताउनुभएको हो । एनआरएनए माल्टाको निर्वाचनबाट रेमलाल खनाल रेम्स अध्यक्ष चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा मधु गुरुङ, प्रेम लिम्बू , सत्यनारायण झा, र प्रकाश थापा चयन हुनुभएको छ । महिला उपाध्यक्षमा सब्नम गुरुङ, युवा उपाध्यक्षमा बिजय परियार निर्वाचित हुनुभयो । महासचिवमा सन्देश के सी, उप महासचिवमा राम प्रसाद भण्डारी निर्वाचित हुँदा सचिवमा ममता श्रेष्ठ र भुवन झा निर्वाचित हुनुभयो । यस्तै कोषाध्यक्षमा निरज श्रेष्ठ र सह–कोषाध्यक्ष सुबास तिम्सिना निर्वाचित हुँदा युवा संयोजकमा गुनाखर चापागाईं र महिला संयोजकमा धनु तामाङ निर्वाचित हुनुभएको छ । सदस्यमा दिपेश गुरुङ, हरि प्रसाद पौडेल, कृष्ण भण्डारी, दामोदर लामिछाने, अनिल राना र प्रकाश तिमिल्सिना निर्वाचित हुनुएको छ ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक राजु अर्याल बाबुले पद तथा गोपनियताको सपथ गराउनुभयो । अध्यक्षका प्रत्यासी रोशन गिरीले पनि नवनिर्वाचित टिमलाई बधाई दिँदै कार्यकाल सफल बनाउन आफ्नो तर्फबाट साथ र समर्थन रहने बताउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस