२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गायिकाले कन्सर्टमा दर्शकलाई स्टेजबाटै माइकले प्रहार गर्नुको कारण के थियो ?

काठमाडौं । अमेरिकन र्‍यापर कार्डी बी विश्वभर नै चर्चित छिन् । पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् ।

उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन । तर यही बीचमा उनका एक फ्यानले यस्तो काम गरे कि उनी पनि रिसाइन् । लाइभ कन्सर्टमा एक प्रशंसकले कार्डी बीमाथि दुर्व्यवहार गरे । त्यसपछि आक्रोशमा आएकी गायिकाले त्यही माइकले फ्यानलाई प्रहार गरिन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । शनिबार उनको कन्सर्टमा यो हंगामा मच्चिएको हो । सुन्तला रङको पहिरनमा गायिकाले धमाकेदार प्रस्तुति दिइरहेकी थिइन् । उनले आफ्नो हिट गीत ‘बोडाक एल्लो’ गाइरहेकी थिइन् । त्यसपछि दर्शकको भीडबाट एक व्यक्तिले कपमा रहेको ड्रिंक्स अनुहारमा छ्यापीदियो । लगत्तै कार्डी पनि रिसाइन् र माइकले प्रहार गरिदिइन् ।

कलाकारसँग यस्तो हर्कत भएको यो पहिलो घटना होइन । पटक–पटक यस्तो दुर्व्यवहार भएको छ । सोही महिना गायक तथा गीतकार ह्यारी स्टाइल्ससँग पनि यस्तै घटना भएको थियो । कन्सर्टको बीचमा कसैले फूलको गुच्छा हानेर उनीमाथि दुर्व्यवहार भएको थियो । उनको अनुहारमा चोट लागेको थियो । यसअघि बेबे रेक्सा, ड्रेक, केल्सी ब्यालेरिनी, स्टिभ लेसी, किड कुडी र पिंकसँग यस्तो भइसकेको छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस