२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एस छाडेर एमालेमै फर्किए केन्द्रीय सदस्य डिल्ली उप्रेती

काठमाडौं । सर्लाहीका पूर्वसांसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले जानकारी दिनुभयो । एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुग्नुभएको थियो । त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिनुभयो ।

एमाले छोड्नुभएका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेस प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरिउप्रेती, ज्वाला साहलगायत नेताले पहल गर्नुभएको थियो । तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहनुभएका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछि रूष्ट हुनुहुँथ्यो । सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उहाँ सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाउनुभएका उप्रेतीले चुनावमा पराजित हुनुभयो । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको बुझाइ छ । माओवादी केन्द्रबाट बागी उम्मेदवार बन्नुभएका जवाहरलाल कुशवाहासँग हारेपछि उहाँ एमालेसँग नजिकिनु भएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस