२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सभामुखबाट राजीनामा गराइएका बाबुरामलाई माओवादीले मन्त्री बनाउने, आफ्नैले सोध्छन् इमान छैन ?

विराटनगर । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिनुभएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उहाँलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिनुभएको छ । सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त हुनुभएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैहुनुहुन्छ । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नुहुनेछ ।

तर तेस्रो बरियतामा रहनुभएका गौतमले सभामुख पदबाट राजीनामा दिएर राजनीतिमा जेपनि हुन्छ भन्ने देखाएको आरोप खेप्नुभएको छ । उहाँलाई आफ्नैलेपनि इमान भन्ने चीज छैन भन्दै गाली गर्ने गरेको सुनाउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस