२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेसँगको एकतालाई सुदृढ गर्न नसकेको प्रचण्डको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको पक्षमा आफूहरू निरन्तर खडा हुँदै आएको बताउनुभएको छ । पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै गठबन्धनको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गर्दा सकारात्मक र रचनात्मक काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेका छौँ। यो बैठकले ती कामलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउने विश्वास व्यक्त गरेको छौँ।’

देशमा राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने आवश्यक भएको उहाँको भनाई छ । ‘हामी पार्टीले आफ्नो कमीकमजोरीलाई स्वीकार्न डराउँदैन। कमीकमजोरीलाई इमान्दारितासाथ स्वीकार्ने, आत्मालोचना गर्ने र तीनलाई हटाउनको लागि संकल्प गर्दै आइरहेका छन्। हामीबाट केही कमजोरी भएका छन्। हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौँ। विभाजनको पीडाबाट हामी गुज्रिनुपर्‍यो। अहिले फेरि नयाँ एकताको प्रयासमा जाँदैछौं।’ विकास र परिमार्जनसहित समाजवादी मोर्चा हुँदै पार्टी एकताको जमर्कोसम्म अझै छौं प्रचण्डले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस