२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै

Through Astrology and Vastu Conference

सिद्धार्थनगर । बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको हो । विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मेलनमा नेपाल र भारतका गरी पाँच सय भन्दा बढीको सहभागिता रहने छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्वपूर्णसावित हुने बताउनुभयो ।

सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ । दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

‘‘बढ्दो वैदेशिक यात्रामा ज्योतिषीय योगहरूको प्रभावका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ,’’ न्यौपानेले भन्नुभयो, ‘‘वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न र पञ्चांगको पात्रो बनाउन पनि सहयोग पुग्नेछ ।’’ सम्मेलनमा स्वामिनारायण मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामी लोकानन्दले आर्शिवचन दिनुहुने जनाइएको छ ।

दुई दिने सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिनुभयो । अहिलेसम्म पाँच सय जनाको सहभागिता सुनिश्चित भैसकेको उहाँको भनाइ छ । धर्मग्रन्थका केही त्रुटी, आशौचको महत्व लगायतका सन्दर्भमा देखिएका समस्या समाधान गर्न सम्मेलन गर्न लागिएको महासंघका उपाध्यक्ष चेतनारायण सुवेदीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस