२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेसबुकमा युवतीलाई भिडियो कल गर्ने प्रकाशलाई साइबर अपराधमा मलेसियाबाट पक्रिएर ल्याइयो

Pakrau arrested

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गर्ने म्याग्दी मंगला गाउँपालिका–५ का प्रकाश विकलाई प्रहरीले मलेसियाबाट पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उपनिर्देशक एवम् प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार अपरिचित पीडकसँग पीडित युवतीको फेसबुकबाट चिनजान भएको र भिडियो कलका क्रममा अश्लील संवाद गरेका थिए ।

पीडकले त्यो बेलाको भिडियो संवादको रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक गर्नुका साथै पीडितको आफन्त, साथीभाइलाई पठाइ चरित्रहत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया रहेका उनलाई इन्टरपोलको माध्यमद्वारा पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा थप अनुसन्धानका लागि पठाइएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस