२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी केन्द्रकाे विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सोमबार पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठककै तयारीमा छलफल केन्द्रित भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा छलफल भयो । अब पर्सी केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ । विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव भएको छ ।”

बालुवाटारमा शनिबारदेखि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदनका लागि पदाधिकारीको धारणा एवम् सुझाव लिनुभएको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गते बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्दै छ ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस