२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको साथमा बेल्जियमको पासपोर्ट र नागरिकता

काठमाडौं । सुन तस्करीमा संलग्न आशंकामा पक्राउ गरिएका दावा छिरिङ बेल्जियम नागरिक रहेको थाहा भएको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको थियो ।

उनको साथबाट बेल्जियमको पासपोर्ट भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताउनुभयो । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

सुन तस्करीमा संलग्न आशंकामा छिरिङ सहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस