२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सस्तियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले सस्तिएको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रूपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्यसमेत प्रतितोला ४० रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १४ सय ५० रूपैयाँ कायम छ। विहिबार चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस