२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज झनै बढ्यो सुनको मूल्य

today gold price in nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस