२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफ्रिकी मुलुक नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा

काठमाडौँ । अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । समाचार संस्था रोयटर्सका अनुसार त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजुमको सरकारलाई बर्खास्त गर्नुका साथै संविधान विघटन गरी देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।

पश्चिम अफ्रिकी देश नाइजरले आफ्ना सम्पूर्ण अन्तराष्ट्रिय सिमानाका बन्द गरेको छ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ ।

सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजुमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।

भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य ‘कू’ भइसकेको छ। मुस्लिम अतिवादी समूहहरूको दबदबा रहेको अफ्रिकाको सहेल क्षेत्रमा पर्ने नाइजरमा बाजुम सन् २०२१ मा राष्ट्रपति निर्वाचित भएका थिए ।

यताा, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको ‘अटल समर्थन’ व्यक्त गरेका छन् । यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव गरेको बताएका छन् ।

अफ्रिकी युनियनले पनि सैन्य ‘कू’ को विरोध गरेको छ । नाइजरका राष्ट्रपति बाजुम इस्लामीक आतंकवादविरुद्धको लडाईमा पश्चिमाहरुको प्रमुख साझेदार मानिन्थे ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस