२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक क्विन्टल सुन प्रकरणमा उच्च घरानाका व्यवसायीको घरमा छापा

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा उच्च घरानाका व्यवसायीको घरमा राजश्व अनुशन्धान विभागले छापा मारेको छ । व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले पुष्टि गरेको छ ।

उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् । विभागका एक अधिकृतका अनुसार, घरबाट केही सामान समेत बरामद गरिएको छ ।

विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस