२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करीमा हर्कराज नियन्त्रणमा आइसकेका थिए, भारतीयको फोन बजिरहेपछि तानियो यहाँसम्म लहरो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब १ सय किलो सुन बरामद हुँदा सुनसँग कनेक्सन देखिएका हर्कराज राई बुढानिलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानिलकण्ठमा बस्दै आएका छन् ।

साउन ३ मा मध्यराति राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले उनलाई बुढानिलकण्ठस्थित चपलीबाट नियन्त्रणमा लियो । राजस्वले उनलाई पुल्चोकस्थित विभागको कार्यालयमा ल्याउँदै थियो । हर्कराजको फोन लगातार बजिरह्यो । फोन गर्नेको नाम थियो–‘थाप्तेन ।’

उनी हुन्, भारतस्थित पुरानो दिल्ली घर भएर पानी पोखरीमा बस्दै आएका थाप्तेन छिरिङ । त्यसपछि पोल खुल्यो, तिब्बत मुलका ५३ वर्षीय थाप्तेन पनि करिब १०० किलो सुन तस्करीमा संलग्न छन् । राजस्वका अधिकारीहरुले हर्कराजलाई दबाव दिए– ‘थाप्तेनलाई बोलाउ ।’ थाप्तेन छिरिङलाई पनि राजस्वको टिमले त्यसैरात पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानी पोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरेको छ । थाप्तेन बस्ने फ्ल्याटबाट सुनसँग सम्बन्धित महत्वपूर्ण कागजात बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका एकजना अधिकृतले बताए ।

सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जिक्वाङ लिनसहित १६ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सुन ल्याउन घर बनाउँने मजदुरी गर्ने दिलीप भुजेलका नाममा रेडी ट्रेडर्स कम्पनी सञ्चालन गरिएको थियो । उनलाई उनकै मामा रामकुमार भुजेलले राईलाई भेटाएका थिए । राइको कनेक्शन थाप्तेन छिरिङसँग थियो । थाप्तेन छिरिङको साइनो चिनियाँ नागरिक जिक्वाङ लिनसँग जोडिएको देखिन्छ । यो भन्दा माथीको साइनो अब खोजी हुँदैछ ।

 

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस