२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेख्ने तथा शेयर गर्नेमाथि कारबाही गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री शेयर गर्ने कार्यकर्ता पदमुक्त हुनेगरी कारबाहीमा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई निर्देशन दिनुभएको हो ।

यसअघि बैठकमा प्रवक्ता डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक सञ्जालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउन्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि अनुशासनको कारवाही गर्ने निर्णय हुनुपर्ने धारणा राख्नुभएको थियो ।

महामन्त्री शर्माको प्रस्तावमा सो विषय नसमेटिएपछि बैठक समापनका बेला महतले पुनः देउवाको ध्यानाकर्षण गराएपछि सो निर्णय हुने व्यहोरा सभापतिले सुनाउनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस