२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साधारण होटल चलाउने आमा-छोराले प्रहरीको हाकिम नै मारेर कसरी र किन झुण्ड्याए ?

काठमाडौं । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । साधारण होटल चलाउने आमा छोराले प्रहरीको हाकिम नै मारेर झुण्ड्याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल एन्ड लजमा सोमबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार पौडेललाई कुटपिटपछि बेहोस भएका कारण होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएको खुल्न आएको बताएको छ ।

यो अभियोगमा प्रहरीले ५१ वर्षीय आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरेको छ । उनीहरू आमाछोरा हुन् । विवादको कारण भने खुलेको छैन ।

 

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस