२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिविले भन्यो, एउटा परीक्षामा अर्कै प्रश्नपत्र दिइएको कार्यको छानबिन हुन्छ [ सूचनासहित ]

त्रिभुवन विश्वविद्यालय  (Tribhuvan University)  परीक्षा नियन्त्रण कार्यालय OFFICE OF THE CONTROLLER OF EXAMINATION Balkhu, Kathamandu, Nepal

विज्ञप्ति

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० ४I८ गतेका दिन संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्ष बि.ए. तेस्रो वर्षको ऐच्छिक विषय Hist: 410 Introduction to Tourism Develpopment विषयको परीक्षा संचालन गर्दा प्राविधिक त्रुटीका कारण २०८०३२८ गतेका दिन सम्पन्न भईसकेको Hist: 425 History of Moden India विषयको प्रश्नपत्र समावेश भएको जानकारी प्राप्त हुँदा यस विषयमा तत्काल परीक्षा केन्द्रहरुमा जानकारी गराई Hist 410 Introduction to Tourism Develpopment को परीक्षा संचालन भएको आधा घण्टामा सबै केन्द्रमा उक्त प्रश्नपत्र पठाई परीक्षा सुचारु भएको व्यहोरा जानकारी गराउदछु ।

२९ वटा ऐच्छिक विषय मध्ये कुनै दुईवटा विषयहरु (जुन प्रथम, द्वितीय र तृतीय वर्षमा अध्ययन नगरेका विषयहरु छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन २०८०४६ र २०६०४८ गतेका दिन ऐच्छिक प्रथम र द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्था अनुसार दुबै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा ८ गतेको प्रश्नपत्र Hist 410 को content मा Hist: 425 को content समावेश हुन गएको अवस्थामा उक्त घटना घट्न गएको र परीक्षा अवधि मै समाधान भइसकेको तर देशभरका ३० वटा केन्द्रमा संचालित परीक्षाका ८६९ परीक्षार्थीहरुलाई परीक्षा संचालनमा पुग्न गएको अप्ठ्यारो परिस्थिति प्रति त्रि.वि.प.नि.का. को गम्भीर ध्यानाकर्षण भएको छ ।

यस विषयमा विस्तृत छानविन गरी यथार्थ विवरण सार्वजनिक गरिने प्रतिवद्धता सहित मानविकी तेस्रो वर्षको अन्तिम परीक्षाको दिन घटेको यो घटनालाई मध्यनजर गर्दै अब उप्रान्त यस्ता त्रुटीहरु नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु। परीक्षा सम्पन्न भए पश्चात् यस विषयमा अनावश्यक प्रचार गरी विश्वविद्यालयको गरिमामा आँच पुयाउने कार्य नगरिदिन हुन पनि सम्पूर्ण सचेत नागरिकहरुलाई अनुरोध गर्दछ ।
(पुष्प राज जोशी) परीक्षा नियन्त्रक

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस