२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

Road Accident

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताउनुभयो । बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिनुभयो । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस