२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

म २२ वर्षीया युवती हुँ: यौनसम्पर्कले योनि कालो हुनुका साथै पाठेघर पनि बिग्रन्छ रे हो ?

म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । मैले सुनेअनुसार यौनसम्पर्क गर्दा योनि कालो हुनुका साथै तथा पाठेघर पनि बिग्रन्छ रे । के यो साँचो हो ?

तपाईको प्रश्न, डाक्टरको जवाफ कोलममा आज हामीले नाम परिवर्तित (रिता) को प्रश्न लिएका छौ । स्त्री तथा यौन रोग विशेषज्ञबाट जवाफ पढ्नुहोस् ।

योनिको रंग किन कालो भएको ?

तपाईंले योनिको रंग भन्नुभएको हो वा भगक्षेत्र वा भगोष्ठको ? स्पष्ट छैन । हामीले बोलीचालीको सन्दर्भका योनि भने पनि वास्तवमा यी फरक कुरा हुन् । योनिको रंग पनि व्यक्ति–व्यक्ति अनुसार फरक हुन्छ । योनिको रंग विशेष गरेर गुलाबी वा रातो रंगको हुन्छ । कतिपय स्थितिमा यी रंग गाढा भए पनि खासै चिन्ताको विषय नहुन सक्छ । यसका साथै भग क्षेत्र वा भगोष्ठको छालाको रंग छालाको अन्य भागको तुलनामा बढी गाढा हुन्छ । किनभने यसमा छालालाई गाढा रंगको बनाउने तत्त्व (Pigment) बढी हुन्छ ।

यौनसम्पर्कका बेला रक्त प्रवाह योनि, भगक्षेत्र अर्थात् भगोष्ठमा बढी हुने हुँदा पनि यो बढी गाढा रंगको देखिन्छ, तर उत्तेजना शान्त भए पछि फेरि यो सामान्य अवस्थामै आउँछ । त्यसबाहेक अन्य कतिपय कुराले पनि यसको रंगलाई असर गर्छ । हार्मोनको मात्रामा उतार चढाव, यौनांग क्षेत्रमा भएको संक्रमण, यौनांगमा निरन्तर अधिक टयाल्कम पाउडरको प्रयोग, यौनांगमा प्रयोग गरिने क्रिम वा साबुन वा त्यस्तै उत्पादनहरूको असर अनि सिन्थेटिक कपडाले बनेका अति नै कसिलो कपडाजस्ता अनेक कुरा यसको कारण हुन सक्छ । यौनसम्पर्क गरेका कारणले प्रत्यक्ष रूपमा योनि कालो हुने कुनै आधार छैन । अर्को कुरा पाठेघरको काम नै गर्भाधानपछि शिशुलाई विकसित हुने एक सुरक्षित स्थान दिनु हो ।

गर्भधारण नै यौनसम्पर्कबाट हुन्छ, त्यसैले यौनसम्पर्कले पाठेघर बिग्रन्छ भन्ने कुरा गर्नु मनासिव छैन । तपाईंले पत्रमा चिलाउने, असजिलो हुने, रंग परिवर्तनका साथै पीडा हुने, अत्यधिक अस्वभाविक योनि श्राव जस्ता कुरा उल्लेख गर्नुभएको छैन । यदि त्यस्ता केही लक्षण छैनन् भने तपाईंले खासै चिन्ता गर्नुपर्ने देखिँदैन ।

योनि वा यौनांग क्षेत्रको कालोपनले तपाईंको आकर्षणमा कमी आउने होईन भन्ने कुरा तपाईं अनि तपाईको श्रीमान्ले पनि बुझ्नुभएकै होला । अहिले छालाको गोरोपनलाई सुन्दरता वा आकर्षणसँग जोडिन्छ । पहिले अनुहारको गोरोपनको कुरा विस्तारित भएर गर्दन, हात, पाखुरा हुँदै ढाडसम्म पुगेको छ । यहाँ तपाईले योनि वा यौनांग क्षेत्रलाई छालाको रंगपस्तो कम गाढा वा गोरो बनाउने कुनै आवश्यकता नभएकाले त्यसमा लाग्नु हुनेछैन भन्ने विश्वास लिएको छु ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस