२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

काठमाडौं। नेपाल इन्स्याेरेन्स कम्पनीले आज साेमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । इच्छुक जो कोही व्यक्ति तथा संघ-संस्थाले बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् भने आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आवेदन साउन १५ गतेसम्म दिन सकिनेछ ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस