२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घनश्याम भुसाल भन्छन्, भ्रष्टाचारमुक्त पार्टी नै समाजवादको ग्यारेन्टी हो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ‘समाजवादको ग्यारेन्टी केले सुरक्षित गर्छ ?’ भन्ने सन्दर्भमा बृहत् बहस गर्नेबेला भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

“अब हामीले समाजवादको ग्यारेन्टी केले गर्छ, भ्रष्टाचारमुक्त समाजको ग्यारेन्टी केले गर्छ ? त्यतातर्फ बहस मोड्नुपर्‍यो । समाजवादको यात्रा ठिकसँग अघि बढाउनलाई के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नुपर्‍यो । स्वयम् पार्टीलाई नै भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्छ, अनिमात्रै समाजवादको ग्यारेन्टी गर्छ,” उहाँले भन्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस