२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घट्यो सुन चाँदीको मूल्य, यसकारण अझै घट्ने

today gold price in nepal

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल एक लाख १२ हजार ८००, तेजावी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सुन बिक्रिको क्रम ह्वात्तै बढेका कारण अझै घट्नसक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका एक पदाधिकारीले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस