२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जनाभन्दा बढी सख्त घाइते

अछाम । अछामको पन्चदेवल विनायक नगरपालिका – ४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते भएका छन् ।

घाइते २५ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा मृत्यु हुने पञ्चदेवल विनायक नगरपालिका – ६ का बृख विक रहेका छन् । पञ्चदेवल विनायक नगरपालिका ( २ विनायकबाट मलामी बोकेर कर्णाली नदीको बेलखेत जाँदै गरेको ट्र्याक्टर कालीकास्थानमा आइतबार दिउँसो दुर्घटना भएको हो ।

 

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस