२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४९ जना शाखा-सन्तान : आज सय बर्षको जन्मदिन मनाउनुभएका बुबा हट्टाकट्टा र फुर्तिलो

काठमाडौं । कोही यति भाग्यमानी हुन्छन् की आफ्नै सन्तानका शाखाहरुले गरिरहेका प्रगती आफ्नै आँखाले देख्न पाउँछन् । कोही पनाती, पनातिनीहरुपनि यति भाग्यमानी हुन्छन् की आफ्नै हजुरबुबाकापनि बुबालाई हट्टाकट्टा नै देख्न पाउँछन् । खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ का बुबा आज १०० बर्ष पुग्नुभएको छ ।

उहाँका ४९ जना शाखा सन्तान हुनुहुन्छ । बुबा अझै निक्कै फुर्तिलो ज्यान, हट्टाकट्टा शरीरमा नै हुनुहुन्छ । उहाँका ४ छोरा, १ छोरी, ९ नाती, ७ नातिनी, ११ पनाती, ९ पनातिनी, १ छोरीज्वाँइ, ७ नातिनीज्वाँइ सहित छोरापटीका ४९ शाखा सन्तान भइसकेका छन् । यहाँ छोरीका उल्लेख गर्न सकिएको छैन ।

अहिले उहाँ आफ्ना सन्तानका र सम्पूर्ण वंशका साझा महापिता हुनुभएको छ । आचार्यहरुको बाहुल्य रहेको उक्त वडामा उहाँ अग्रज हुनुहुन्छ । संघर्षका दिनहरुमा समेत स्वाभिमानी र पौरखीको रुपमा जीवन कटाउनुभयो । एक सताब्दी उमेर पुगिसक्दा समेत उहाँ अहिलेपनि आफ्नो दैनिकी आफै गर्न सक्नुहुन्छ । शिक्षक समेत रहनुभएका छोरा कृष्ण आचार्यले केही महिना अघि बुबालाई काठमाडौंबाट आफन्तले गाडी चढाइदिनुभयो ।

कसैको साहाराविना नै सजिलै साँझ घर आइपुग्नुभयो भन्दै फेसबुकमा लेख्नुभएको थियो । त्यो बेला उहाँ उपचार गराउन काठमाडौं आउनुभएको थियो । उहाँमाथी परिवारको प्रगाढ माया छ । राम्रो हेराचाह छ । पहिलेको आहार–विहार नै राम्रो भएकाले ढल्किएको उमेरमा समेत शरीर कमजोर नभएको सन्तानहरु बताउनुहुन्छ ।

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस