२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रञ्जु दर्शनालाई पढाउने रहर

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले आफू कक्षा ११ र १२ मा सामाजिक अध्ययन अध्यापन गराउन उत्सुक रहेको बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा लेख्दै दर्शनाले कुनै विद्यालयमा अवसर भएमा आफू सामाजिक अध्ययन अध्यापन गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ’म कक्षा ११ र १२ को विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउन निकै नै उत्सुक छु । यदि तपाईँको संस्थामा त्यस्तो ठाउँ या अवसर छ भने भेटेर छलफल गरौँ । म सामाजिक विज्ञान सम्बन्धित विषयहरूमा अतिथि व्याख्यानको लागि पनि उपलब्ध छु ।’

महासचिवमा दर्शनाले आफ्नो उत्साहको बाटोमा हिँड्ने निर्णय गरेको बताउनुभएको छ । विद्यार्थीहरुसँग सिक्ने र उनीहरुको शिक्षामा मार्गदर्शन गर्ने आफ्नो उत्साह रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस