२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महोत्तरीमा अज्ञात समूहबाट कुटिए प्रहरीका डीएसपी, खुट्टा भाँचियो

काठमाडौं । महोत्तरीमा नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) कुटिनुभएको छ । अज्ञात समूहले प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी चन्देश्वर यादवमाथि आक्रमण गरेको हो। जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा उहाँमाथि आक्रमण भएको पाइएको महोत्तरी प्रहरीका प्रवक्ता दिलिप कुमार गिरीले बताउनुभयो । कसले किन उहाँमाथि आक्रमण गर्‍यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन।

आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा भाँचिएको छ। घाइते अवस्थामा उद्दार गरिएका डीएसपीलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं ल्याइएको छ। घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ। छानबिन गरिसकेपछि बल्ल घटनाबारे यर्थाथ विवरण आउने प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस