२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ पार्टीको प्रसंशा गर्दै विनोद चौधरीले भने, मैले टिकट पाएपछि पार्टीकै एउटा तप्का हराउन लागे

Binod Chaudhary

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको गुनासो गर्नुभएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै उहाँले पार्टीभित्रैबाट आफ्नो उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भनेर लागेको दाबी गर्नुभयो ।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भएको देखे । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भन्नुभयो । चौधरी ४ मंसिरमा भएको चुनावमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उहाँले बताउनुभयो । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस् भनेको चौधरीले बताउनुभयो ।

नयाँ पार्टीहरुले आर्थिक स्रोत, अनलाइन र टेक्नोलोजीको माध्यमबाट संगठन विस्तार गरिरहेको उहाँले सुनाउनुभयो । उद्योगपति चौधरीले अर्थतन्त्र संकुचित भएको, बैंकमा तरलता भएपनि लगानी गर्न नसकेको, उद्योग बन्द गर्नुपर्ने परिस्थिति रहेको जस्ता समस्या बैठकमा सुनाउनुभयो । ‘राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनौती आफ्नै ठाउँमा छन्’, चौधरीले भन्नुभयो, मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती रहेको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस