२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्।

दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर ठगी गर्ने गरेका थिए। विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथा ना४ च ८६७० नम्बर को स्कारपियो जीपसमेत लिई गई फरार रहेकोमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ।

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस