२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक महिनामै १३ पटक ब्रेक शू र दारी काट्ने मेसिन आयात, भित्र सुन नै सुन

काठमाडौं । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । सो सुन ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको थियो ।

‘ब्रेक शू’ आयात गर्ने कम्पनी थियो रेडी ट्रेड प्रालि सो कम्पनीका मालिक थिए दिलीप भुजेल दोलखाका भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक शू सँगै दारी काट्ने मेसिन पटक–पटक ल्याएको देखिन्छ । कम्पनी दर्ता भएयता २८ पटक आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसार १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको छ ।

१५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको देखिन्छ । एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ । त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो । यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४०० थान दारी काट्ने मोसिन ल्याएको थियो । त्यसयता सो कम्पनी मार्फत १३ पटक सामान भित्रियो ।

जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो । रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर०) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट सामान आयात गरेको रेकर्डमा देखिएको छ । यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिन्छ ।

 

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस