२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन प्रकरणको अनुसन्धान गम्भिरतापूर्वक अगाडि बढाउँछौं : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताउनुभएको छ । उहाँले आजै विमानस्थलमा रहेको सुरक्षा व्यवस्थाको गहन निरीक्षण समेत गर्नुभयो ।

हिजो सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउने बताउनुभएको थियो । त्यसपछि उहाँको ध्यान यो केसमा ज्यादा छ गृहमन्त्री निकट स्रोतले बतायो ।

अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उहाँले बताउनुभएको छ । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाई निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उहाँले भन्नुभयो ।

यस्तै उहाँले सुरक्षा निकायका पूर्व अधिकारीहरुसँग अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस