२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरानमा गोली हानी युवकको हत्या

काठमाडौं । सुनसरीको धरानस्थित सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो । प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको छ । गोली प्रहार गरेको कारण खुलेको छैन उहाँले भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस