२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सय किलो सुन प्रकरण : भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । एक सय किलो सुनबारे छानबिन गर्न बनेको समितिले भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचपासका कुमार ढकाललाई निलम्बन गरेको हो । त्यस्तै भन्सार एजेन्ट यादव पराजुरी पनि निलम्बनमा परेका छन् ।

उक्त सुनबारे छानविन गर्न दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताउनुभयो । हङ्कङबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १ चिनिया नागरिकसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस