२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ठूलो मात्रामा विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लागेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

 

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा–९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश–०१–०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस