२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरले डोजर चलाइसकेपछि भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो । तर महानगरपालिकाले उक्त घर तत्काल बस्नै नमिल्नेगरी डोजर चलाइसकेको छ ।

आदेशमा भनिएको छ, ुमिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु । अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ ।

साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन सबै भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि अहिले रोखिएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस