२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हालसम्मकै ठूलो परिमाणमा तस्करीको सुन बरामद, गृह नेतृत्वको सम्लग्नता नभई सम्भव हुन्न – बस्नेत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । कति तौल एकिन नै गर्न नसकिने गरी हालसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको हो ।

यो सुन तस्करीमा गृह नेतृत्व संलग्न रहेको सूचना आएको भन्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सार्वजनिक रुपमा लेख्नुभएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको थियो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।

विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ, छापा मार्न संलग्न स्रोतले भन्यो, भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ । सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्कुटर पार्टमा सुन जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन । सुन तस्करीको वास्तविक मालिक गृह नेतृत्व हो भन्दै सूचना आयो भनेर हज्जारौं पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले नै सामाजिक सञ्जालमा लेख्नुभएको छ । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।

बस्नेतले लेख्नुभएको छ, मलाई आएको सूचना यस्तो छ, गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते । मैले सोधेँ, कसरी ? जवाफ आयो खोज्नोस, सत्य यही हो । अब कसरी पत्याउनु ? नारायणकाजी कमरेज जस्तो त्यागी, एक रुपैया आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिडन सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।

 

 

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस