२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदन भत्कायो

काठमाडौं । भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भएको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो । महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ । सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस