२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हर्क साम्पाङ क्रिश्चियनको दलाल ! – हिन्दु मन्दिर अगाडि चर्च बनाएको बारे यसो भन्छन् [ भिडियोसहित ]

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धर्म गुरुहरुले लगाएको क्रिश्चियनको दलाल भन्ने आरोपको जवाफ दिनुभएको छ ।

धरानमा सय बर्ष पुरानो हिन्दु मन्दिर अगाडि क्रिश्चियनहरुको विशाल चर्च बनाएपछि हिन्दु धर्म गुरुहरुले चर्को विरोध गरिरहेका छन् ।

धर्म युद्ध गराउन खोजेको भन्दै मेयर राईमाथी संगीन आरोप लागिरहेका छन् । धरानको अति पुरानो मन्दिर नै अगाडि पार्टी प्यालेस बनाउँने भनेर निर्माण गरिसकेपछि त्यसलाई चर्चाको रुपमा घोषणा गरिएको छ ।

निर्माण अनुमती, नक्सा पास समेत केही नलिइ बनाइएको संरचना हटाउन नगरपालिका जाँदा मेयरले अदालत जानुस् म केही गर्न सक्दिन भनेपछि अहिले मेयरको आलोचना भइरहेको छ । यो विषयमा मेयर राईले दिएको जवाफ भिडियोमा हेर्नुहोस् ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस