२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको खोटाङ्ग हलेसी ज्वेलको सटरमा राखिएको शंकास्पद वस्तुमा विष्फोटक पदार्थ भेटिएन : सेना

काठमाडौंको खोटाङ्ग हलेसी ज्वेलको सटरमा राखिएको शंकास्पद वस्तुमा विष्फोटक पदार्थ भेटिएन : सेना

 

काठमाडौं । सिनामंगलमा भेटिएको शंकास्पद वस्तुमा विष्फोटक पदार्थ फेला नपरेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीले भर्खरै शंकास्पद वस्तु डिस्पोज गरेको छ, त्यसक्रममा त्यहाँभित्र विष्फोटक पदार्थ फेला परेन ।’ विष्फोटक पदार्थ नभेटिएपछि सेनाको टोली डिस्पोज गरेर फर्किएको छ । अहिले सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गराएको छ । शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहरी वृत्त, गौशालाको टोलीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन् । ‘गौशाला वृत्तमा राखेर उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ’, रिजालले बताउनुभयो । बुधबार बिहान सिनामंगलस्थित खोटाङ्ग हलेसी ज्वेलर्सको सटर तल ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नामबाट पर्चासहित शंकास्पद वस्तु राखिएको थियो । त्यसरी राखिएको पर्चामा ‘आरडीएक्स बारुदको नाम राखिएको’ भनिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । रोचक, खोजमुलक, ब्रेकिङ्ग न्यूज हेर्नका लागि यो च्यानल Subscribe गर्नुहोला । सबै नि:शुल्क छ । अहिले नै गर्नुहोला ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस