२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा

काठमाडौं । थानकोटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।

भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थलगत अवलोकन गर्नुहुँदा उक्त जानकारी दिनुभएको हो । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।

सुरुङ मार्ग भित्र सवारी नै गुड्न सक्नेगरी खन्ने काम भएको छ । अब त्यसलाई पक्की गर्ने, बत्ति जोड्ने, लाइन बनाउँने लगायतका कामहरु हुनेछन् । यो आयोजना चाँडै सम्पन्न हुने तयारीमा छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । रोचक, खोजमुलक, ब्रेकिङ्ग न्यूज हेर्नका लागि यो च्यानल Subscribe गर्नुहोला । सबै नि:शुल्क छ । अहिले नै गर्नुहोला ।

 

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस