२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ए सँग खेल्दै

Emerging Teams Asia Cup Nepal will play against India A today

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए । भारत ए को कप्तानी यू–१९ विश्वकप विजेता कप्तान यस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ । नेपालले अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस