२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जीप दुर्घटना हुँदा सात वर्षीया बालिकाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

काठमाडौं । पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।

घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस