२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झुण्डिएको अवस्थामा शव भेटिँदा नायक सारुकको मोबाइल बजिरहेको थियो

काठमाडौं । अहिले नायक सारुक ताम्राकारको मृत्युलाई लिएर विभिन्न शंका उपशंकाहरु पैदा भएका छन् । प्रहरी वृत्त, मालिगाउँको टोलीलाई सारुक रातोपुलको शहीद मार्गस्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको भन्दै २१ असारको राति ११ बजे परिवारले खबर गरेका थिए ।

‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृतले भन्नुभयो, शवलाई निकालेर घरमा सर्च ग¥यौं, त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’

घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको ती अधिकृतले बताए ।

हालै परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालिगाउँमा जाहेरी दिएको छ । योबीचमा छानबिनले आत्महत्याबाहेक अन्य कुनै कारण नदेखाएको ती अधिकृतको भनाई छ ।

‘आत्महत्यामा कुनै डाउट नभएपछि हाम्रो टोली पनि त्यहाँ खटिएन’, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, ‘सुसाइड नोट नभेटिएकाले मृत्युको कारण चाहिँ अन्यौलमा रह्यो ।’ यहीबीच, कलाकारहरुले विभिन्न प्रसंगहरु निकाल्दै ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकाल्दै ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गरेर कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानूनी दायरामा ल्याउन भनेको छ । ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या ?’ गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी थिइन्, ‘अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुव्र्यवहार गरिएको थियो ? के उसलाई चोट पु¥याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।

उनले गरेको यो प्रश्नहरुलाई कला क्षेत्रका अरुले पनि शेयर गरेका छन् । त्यसपछि घटनालाई प्रहरीले गम्भीर रुपमा लिएर बाहिर आएका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिरहेको एक अधिकृतको भनाई छ । ‘बाहिर आएका प्रश्नहरु पनि प्रहरीको नोटिसमा छ’, एक अधिकृतले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस