२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पालिका भित्रको जग्गा वर्गीकरणको फाइल नापी कार्यालय धनुषालाई बुझाएसँगै बटेश्वर गाउँपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको हो ।

गाउँपालिका अध्यक्ष रामअशिष महतोले जग्गा वर्गीकरणको फाइल नापी कार्यालय धनुषाका प्रमुख सुमन किशोर मिश्रलाई हस्तान्तरण गर्नुभयो । जिल्लामा दोस्रो पालिकाको रुपमा आफूहरुले कित्ताकाट खोलेका गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

उहाँका अनुसार कृषि क्षेत्र, घडेरीलगायतका क्षेत्रहरुमा जग्गा वर्गीकरण गरिएको हो । ‘कित्ताकाट बन्द हुँदा स्थानीयहरु समस्या भोग्दै आएको थियो । अब कित्ताकाट खुलेको छ । विस्तारै अवस्था सहज हुने विश्वस लिएका छौं,’ अध्यक्ष महतोले भन्नुभयो । एरिकम बिल्डर्स प्रा.लि. काठमाडौंको सहकार्यमा जग्गा वर्गीकरण तथा कित्ताकाट सम्बन्धी कार्य सम्पन्न गरेको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संतोष शर्माले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस