२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेद्वारा संसदीय र प्रचार विभागमा थप सदस्य मनोनीत [ सूचीसहित ]

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय विभागहरुमा थप सदस्य मनोनयन गरेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभाग र संसदीय विभागमा सदस्यहरु थप गरेको हो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रमुख रहेको संसदीय विभागमा पदम गीरी, महेश बर्तौला, भैरवसुन्दर श्रेष्ठ र बिमला पौड्याल राईलाई मनोनयन गरेको छ । त्यसैगरी सांसदहरु ज्वाला साह, विद्या भट्टराई, भगवती चौधरी, सुनिता बराल, तारा लामा र लिला श्रेष्ठलाई समेत विभागको सदस्यमा मनोनयन गरिएको छ ।

प्रचार तथा प्रकाशन विभागमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, पूर्व उपाध्यक्ष लीलालराज भट्टराई, लालबाबु शेख थपिनुभएको छ । यसैगरी रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत हुनुभएको एक नेताले बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस