२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि : नेपालको खेल भोलि पाकिस्तानसँग

asia cup nepal vs pakistan

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप आजदेखि श्रीलङ्कामा हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

घरेलु टोली श्रीलङ्का ‘ए’ र बङ्लादेश ‘ए’ बीचको खेल सिंहालिस स्पोर्ट्स क्लब कोलम्बोमा हुँदैछ । त्यस्तै, आजको अर्को खेलमा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ कोलम्बो क्रिकेट क्लबमा खेल्नेछन् । यी खेल नेपाली समय अनुसार बिहान सवा १० बजे शुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ुएु मा श्रीलङ्का ‘ए’, बङ्लादेश ‘ए’, अफगानिस्तान ‘ए’, र ओमान ‘ए’ तथा समूह ुबीु मा पाकिस्तान ‘ए’, भारत ‘ए’, नेपाल र यूएई ‘ए’ रहेका छन् । नेपालले पहिलो खेलमा भोलि पाकिस्तानको ‘ए’ टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन एक गते र यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस