२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सदनमा हामीलाई बाइपास गरियो, प्रधानमन्त्रीको राजीनामाको विकल्प छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफूहरूलाई बाइपास गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले रास्वपाका पनि आफ्नो मुद्दा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई संसदमा दुई दिनअघि बाइपास गरेर आफ्नो कुरा राख्न दिइएन। हामी आपत्ति जनाउँछौँ। रास्वपा प्रतिपक्षी भूमिका छ। हामी स्वतन्त्र अस्तित्वका साथ आफ्नै र जनताको मुद्दाका लागि उभिएको छ। यो कुरा हेक्का होस्।’

उहाँले आफूहरूलाई बोल्न नदिएर प्रमुख प्रतिपक्षले बोलेको विषयलाई नै आफूहरूको भाष्य भनेर स्थापित गराउन खोजेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै स्पष्टीकरण दिन आग्रह गर्नुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस