२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले प्रधानमन्त्री बनाएको भनेको प्रति प्रचण्डले माफी माग्ने, एमालेले संसद अवरोध अन्त्य गर्ने

काठमाडौं । नेकपा एमाले संसदको अवरोध अन्त्य गर्ने जानकारी दिएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो ।

तीन नेताको छलफलपछि बसेको एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको बैठकमा ओलीले तीन नेताबीच भएको छलफलबारे जानकारी गराउनुभयो । प्रमुख सचेतक गिरीका अनुसार ओलीले संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने जानकारी गराउनुभयो ।

१८ असारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको उक्त अभिव्यक्तिपछि एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस