२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री शर्मा

काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिसक्नुभएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोल्नुभएको पनि जिकिर गर्नुभयो । उहाँले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताउनुभयो । उहाँले प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोपसमेत लगाउनुभयो ।

‘‘विपक्षीहरूले खास गरेर प्रधानमन्त्रीज्यूले एउटा पुस्तक विमोचनमा बोल्नुभएको कुरालाई आधार बनाएर संसदभित्र जुन राजीनामाको माग गरी संसद् अवरुद्ध गर्नुभएको छ र संसद् अवरुद्ध गरिरहँदा हामीले ल्याएको अध्यादेश थियो, जुन मिटरब्याजसम्बन्धी त्यसको हिजो अन्तिम दिन थियो, त्यो निष्क्रिय हुन पुगेको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्ने विषय हो, यो विषय नै त्यस्तो होइन की राजीनामा दिनुपर्ने । एउटा कार्यक्रममा गएर बोलेको विषयलाई आधार बनाएर प्रधानमन्त्रीज्यूले अन्यथा बोलेको हामीलाई लाग्दैन । प्रधानमन्त्रीज्यूले विभिन्न ढङ्गले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्नेकुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो । जो व्यक्ति आजका दिनसम्म आईपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’’

मन्त्री शर्माले यस्ता विषयमा प्रधानमन्त्रीको राजीनामा सोच्न नसकिने पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस